

एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ ।
वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो । भारतलाई अन्तिम ओभरमा १० रन चाहिएकोमा ५ रनमात्र बनाउन सक्यो ।
भारतका लागि तिलक वर्माले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका रोमारियो शेफर्ड, जेसन होल्डर र ओबेद म्याककोयले २र२ विकेट लिए ।
यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । वेस्ट इन्डिजका रोभमन पावलले ४८ र निकोलस पुरनले ४१ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंह र युजवेन्द्र चाहलले २र२ विकेट लिए ।
यो जितसँगै पाँच खेलको टी–२० शृङ्खलामा वेस्ट इन्डिजले १–० को अग्रता लिएको छ । यसअघि भएको ३ खेलको एकदिवसीय शृङ्खला भारतले २–१ ले जितेको थियो । त्यसअघि भएको टेस्ट शृङ्खला पनि भारतले १–० ले जितेको थियो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७