

काठमाडौं । ग्लोबल टी २० क्यानडा क्रिकेट लिगमा नेपाली खेलाडी सम्मिलित टिमले मिश्रित नतिजा निकालेका छन् ।
सन्दीप लामिछाने सम्मिलित सर्रे जागुएर्सले ब्राम्पटन वल्भ्सलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ भने दीपेन्द्र सिंह ऐरी सम्मिलित मोन्ट्रिएल टाइगर्स भ्यानकुभर नाइट्ससँग पराजित भयो । हार पछि पनि टाइगर्स शीर्ष स्थानमै छ ।
गएराति भएको पहिलो खेलमा सन्दीप सम्मिलित जागुएर्सले ब्राम्पटन वल्भसलाई ६ विकेटले हरायो । यस खेलमा ३ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन् । उनले २५ रन खर्चिए ।
यद्यपि सर्रे जागुएर्सले ब्राम्पटनलाई १२८ रनमै रोकेको थियो । जसमा अमर खालिद, म्याथ्यु फोर्ड र आयान खानले समान २ विकेट लिए ।
१२९ रनको लक्ष्य जागुएर्सले १८।१ ओभरमा ४ विकेट गुमाएर १३२ रन बनाउँदै पूरा गर्यो । जसमा विकेटकिपर लिट्टन दासले सर्वाधिक ५९ र कप्तान इफ्तिखर अहमदले अविजित ३८ रन बनाए । २१ रनमै ३ विकेट गुमाएको अवस्थामा लिट्टन र इफ्तिखरले ९९ रनको साझेदारी गरे ।
तेस्रो जितपछि ६ खेलबाट ८ अंक जोडेर जागुएर्स दोस्रो स्थानमा उक्लेको छ । ७ खेलबाट ८ अंक नै रहेको ब्राम्पटन तेस्रो स्थानमा झरेको छ ।
उता शीर्ष स्थानको मोन्ट्रिएल टाइगर्स भने भ्यानकुभरसँग सजिलै ९ विकेटले पराजित भयो । पहिले ब्याटिङ गरेको टाइगर्सले १८।३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भएको थियो ।
टाइगर्सका लागि ओपनर मुहम्मद वासिमले सर्वाधिक २८ रन बनाए भने दीपेन्द्रले २४ रन बनाए । उनले २७ बल खेल्दै ३ चौका प्रहार गरे । तर अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७