

काठमाडौं । डिम्याट नविकरण नगरी आइपीओ भर्न नपाईने भएको छ । सीडीएससीले आज एक सूचना प्रकाशित गरी डिम्याट खाता हितग्राही खाता नवीकरण नगर्ने लगानीकर्ताको ‘मेरो सेयर’ पनि रोक्का गर्ने जानकारी गराएको हो।
सिडिएससीले दोस्रो बजारमा कारोबार नगर्ने आइपीओ मात्रै भर्ने लगानीकर्ताले अब डिम्याट नविकरण नगरी साधारण सेयर आइपीओ भर्न नपाउने व्यवस्था गरेको हो ।
भदौ १५ गतेदेखि लागू हुने गरी डिम्याट नविकरण नगर्ने लगानीकर्ताहरूको मरो सेयर समेत रोक्का राख्ने चेतावनी दिएको छ ।
लगानीकर्ताले आफ्नो हितग्राही खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्यलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
सीडीएससीको मेरो सेयरमार्फत नै डिम्याट खाता नवीकरण गर्ने व्यवस्था पनि रहेको छ। ‘तर, कतिपय लगानीकर्ताले आफ्नो डिम्याट खाताको नवीकरण नगरी मेरो सेयरमात्र नवीकरण गरी प्रयोग गर्ने गरेको पाइएको छ’, सूचनामा भनिएको छ, ‘यसरी डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो सेयर आउँदो भदौ १५ गतेदेखि रोक्का राख्ने व्यवस्था गरिनेछ।’
नेपालमा डिम्याट खाता नविकरण गर्दा वार्षिक रूपमा १०० रूपैयाँ तिर्नुपर्छ । यस्तै, मेरो सेयर नविकरण गर्दा वार्षिक रूपमा ५० रूपैयाँ तिर्नुपर्छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७