TRENDING
होमपेज
साढे २८ अङ्कले घटेर शेयर बजार राताम्मे, कारोबार रकम २ अर्ब रुपैयाँ पनि पुगेन


काठमाण्डौ । शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे छ प्रतिशत र हिमालयन लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर साढे चार प्रतिशतले बढेको छ ।
बजार निरन्तर घट्न थालेपछि कारोबार रकममा पनि निकै कमी आएको छ । आज ६० लाख १५ हजार कित्ता शेयर एक अर्ब ९२ करोड ४४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको आठ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७