TRENDING

संसदको अवरोध हटाउन तिन शिर्ष नेता बिच सहमति

काठमाडौं । सिंहदरवारमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको हो ।

प्रधानमन्त्री दाहालले आइतबार ३ बजेका लागि तय भएको बैठकलाई सम्बोधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले जानकारी दिए ।