

भारत । ११ जुनमा सरसफाइसम्बन्धी काम गर्ने महिलाको समूहले चिठ्ठा खरिद गरेका थिए । गत साता उनीहरुको भाग्य खुल्यो । उनीहरु करोडपति बने । सात जना महिला मिलेर चिट्ठा खरिद गरेका थिए । भारतको केरला राज्यका ती महिलाहरुले १० करोड रुपैयाँ जितेका हुन् ।
चिठ्ठा जित्ने महिलाहरू हरेक घरबाट कुहिने फोहोर संकलन गर्ने काम गर्छन् । काम गरेबापत उनीहरुले प्रत्येक दिन २५० भारतीय रुपैयाँ कमाउँछन् । त्यो आर्जनले दैनिकी धान्नै धौधौ बनेको अवस्थामा त्यसकै आर्जनबाट खरिद गरेको चिठ्ठाले करोडपति बनेपछि उनीहरुले त्यस काम आफूहरूको लागि निकै भाग्यमानी साबित भएकाले कामलाई अझै निरन्तरता दिने बताएका छन् ।
न्युन आर्जनका कारण एकल रुपमा चिठ्ठाको टिकट खरिद गर्न नसक्ने भएपछि महिलाहरुले समूहमा मिलेर लगानी गर्थे । भारतको अन्य राज्यमा चिठ्ठा अवैध भए पनि केरलामा भने सरकारलेनै चिठ्ठा सञ्चालन गर्छ । निजी क्षेत्रलाई यो काम गर्न प्रतिबन्ध छ ।
सरकारी चिठ्ठामा ती महिलाहरुलाई यसअघि एक हजार रुपैयाँ परेको थियो । त्यो रकम उनीहरुले आपसमा बाँडेका थिए ।
यो रकम पनि आपसमा उनीहरुले बाँडफाँट गर्ने बताएका छन् । टिकट खरिदका लागि ९ जनाले प्रतिव्यक्ति २५ रुपैयाँ लगानी गरेका थिए । चिठ्ठा परेको विषय आफूहरुले धेरैबेरसम्म पत्याउनै नसकेको ७२ वर्षीया कुट्टीमलुले बताइन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७