

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन रोगले पीडित किसानलाई राहत उपलब्ध गराउने बताएका छन् । कृषि तथा पशुपक्षी मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले कृषि र अर्थ मन्त्रालयसँग लगातार छलफल भइरहेको जानकारी दिँदै उनले चाँडै राहतको कार्यक्रम ल्याउने बताएका हुन् ।
लम्पी स्किनका कारण गरिब किसान मारमा परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘गाई–भैँसी पाल्ने किसान गरिब र निम्नवर्गका नै हुन्छन् । लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठूलो समस्यामा पारेको छ । किसानलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।’
किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रूपमा गोट पक्स भ्याक्सिन संघ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने व्यवस्था मिलाउन उनले कृषि मन्त्रालयलाई निर्देशनसमेत दिएका छन् । रोग नियन्त्रणका लागि छिमेकी देशहरूबाट सिकेर वेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको उनले बताए । ‘छिमेकी देशमा यो रोग दुई वर्षअगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरूमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौँ,’ उनले भने ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७