

काठमाडौं । मौद्रिक नीतिपछि लगातार ५ कारोबार दिन गिरावट भएको नेप्सेमा छैटौं दिन भने एकले अंकको सामान्य वृद्धि भएको छ । गत आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै ६३ अंकले बढेको नेप्से त्यसयताको ५ कारोबार दिनमा १२७ अंकको गिरावट भएको थियो । तर, सोमबार भने नेप्सेमा एकल अंककमे वृद्धि भएको हो ।
सोमबार बजार परिसूचक नेप्से ५.८४ अंकले वृद्धि हुँदा २१०६.१८ को विन्दुमा बन्द भएको छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने समयमा वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार नेप्सेमा १३ वटा उपसूचक मध्ये व्यापार उपसूचक सर्वाधिक १.९७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.२६ प्रतिशतले बढेको छ । यस्तै बजारलाई लिग गर्ने बैंकिङ उपसूचक पनि ०.७४ प्रतिशले बढेको हो ।
यता हाइड्रोपावर, लघुवित्त र म्युचुअल फण्ड उपसूचकमा भने गिरावट भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ०.३७ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.१० प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.०५ प्रतिशतले घटेको छ ।
सूचीकृत कम्पनीले गत आर्थिक वर्षका वित्तीय विवरण सार्वजनिक गर्ने समय भएकोले लगातीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसेले बजारमा कारोबार रकम घटेर २ अर्बबाट तल झरेको छ । मौद्रिक नीति आएको गत सातको आइतबार र सोमबार लगातार ४ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबारदेखि कारोबार रकम घट्दै गएको थियो । कारोबार रकम घट्दो भएपनि १४ साउन आइतबार साढे २ अर्बमाथिको कारोबार भएको थियो । तर, सोमबार भने नेप्सेमा ४० हजार ३०३ वटा कारोबारमा ५५ लाख ३१ हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाखको कारोबार भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७