

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट झण्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । पछिल्लोपटक हिजो तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका थिए।
दावाले हङकङबाट आएको तस्करीको सुन भारत पुर्याउन काठमाण्डौमा व्यवस्थापकको भूमिका निर्वाह गरेको आशङ्का छ । उनकै योजनामा टोखामा तस्करीको सुन गाल्ने कारखाना सञ्चालन भएको पनि खुलेको छ । यसअघि सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईसहित रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राईलाई पक्राउ गरेको थियो ।
३ गते तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ र ४ गते चिनियाँ नागरिक झियाङ निल पक्राउ परेका थिए । ४ गते नै राजस्वले सुन तस्करीमा संलग्न रहेको आरोपमा कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्टलाई पक्राउ गरेको थियो ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७