TRENDING

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

यसै गरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने भएको छ ।

साथै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।