

हेटौँडा । मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिकास्थित ज्यामिरे सडक खण्डमा सडक छेउमा बिग्रिएर रोकिराखेको ना ५ ख ७४७२ नं.को ट्रकको पछाडि चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नं.को मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक र मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक मनहरी गा.पा.९ का २२ वर्षीय शम्भु गिरी र मोटरसाइकल पछाडि बसेर सवार सोही स्थानका सुशील गिरीलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मोटरसाइकल चालक शम्भु गिरी गए राति २३ः०३ बजे र मोटरसाइकल पछाडि सवार सुशील गिरीको २१ः२५ बजे मृत्यु भएको जानकारी दिनुभयो।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७