

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बालुवाटारमा आज बिहान दुई नेताबीच भेट वार्ता भएको हो।
भेटवार्तामा के विषयमा कुराकानी भयो र के निष्कर्ष आयो भन्नेबारे दुवै पक्षले प्रष्ट बोलिसकेका छैनन्। यद्यपि, एमालेले संसदमा राखेको अवरोध कसरी हटाउने तथा पछिल्लो समसामयिक राजनीतिबारे कुराकानी भएको बताइन्छ।
त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइएको १०० किलो सुनको मालिक पक्राउ गर्न नसकेको भन्दै एमालेले गृहमन्त्रीको जवाफ माग गर्दै संघीय संसद्का दुवै सदन अवरोध गर्दै आएको छ।
गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो। प्रतिनिधिसभाको अर्को बैठक सोमबारलाई तय भएको छ।
यसअघि पनि एमालेले विभिन्न मुद्दाहरूमा संसद् अवरुद्ध गर्दै आएको भए तापनि वार्ताको माध्यमबाट सबै कुरा समाधान हुँदै आएको छ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७