TRENDING
होमपेज
भारतको सिक्किम सरकारले सुत्केरीलाई एक वर्ष लामो तलबी बिदा दिने


एजेन्सी । भारतको सिक्किम सरकारले सुत्केरीलाई एक वर्ष लामो तलबी बिदा दिने भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारी कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताउनुभएको हो । यससँगै पितृत्व बिदा पनि एक महिना पुर्याइएको छ । श्रीमती सुत्केरी हुँदा श्रीमानले पनि एक महिना लामो बिदा पाउनेछन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्रीले कर्मचारीलाई यो सुविधा दिन नियमहरू परिवर्तन गरिने बताउनुभएको छ । यो परिवर्तनले सरकारी कर्मचारीलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्ने उहाँको भनाइ छ ।
अहिले सिक्किममा सुत्केरीलाई तलबसहित छ महिनाको बिदा दिने कानुन रहेको छ । भारतका राज्यहरूमध्ये सिक्किममा सबैभन्दा कम छ लाख ७१ हजार जनसङ्ख्या रहेको छ । एजेन्सी
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७