TRENDING
होमपेज
चामल निर्यातमा प्रतिबन्ध हटाउन भारतलाई आग्रह


नयाँदिल्ली । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ ले भारतलाई चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आईएमएफले चामल निर्यातमा लगाइएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो । भारत सरकारले गत जुलाई २० मा गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
कोषका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले गत मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ सार्वजनिक कार्यक्रममा भने, ‘यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहन्छ, जुन विश्वव्यापी रूपमा हानिकारक हुन सक्छ ।’
आईएमएफले यस वर्ष भारतको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ६।१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७