

काठमाडौँ । मनसुनको सुरुवातसँगै डेंगीलगायत चिकेनगुनियाजस्ता लामखुट्टेबाट सर्ने रोग बढ्न थालेका छन् । मंगलबारसम्म नेपालका ४ हजारभन्दा बढी मानिसमा डेंगीको संक्रमण देखिँदा यो रोग ६९ जिल्लामा फैलिसकेको छ । डेंगी एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
एक वर्षको अन्तरालमा डेंगीको प्रकोप देखिने गरिए पनि नेपालमा केही वर्षयता बर्सेनि संक्रमण देखिँदै आएको छ । गत वर्ष ५४ हजार मानिसमा यसको संक्रमण हुँदा ८८ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २०१९ मा डेंगीको प्रकोप नेपालका ६८ वटा जिल्लामा देखिएको थियो । त्यसबेला १९ हजारमा संक्रमण भएको थियो । गर्मी क्षेत्र ट्रोपिकल एरियामा बढी हुने यो रोग केही वर्षयता नेपालका पहाडी जिल्लाहरूमा फैलन थालेका छन् । हिमाली जिल्ला सखुवासभामा यो वर्ष ६० भन्दा बढीमा डेंगी देखिएको छ ।
सन् २००४मा पहिलो पटक चितवनमा रेकर्ड भएको डेंगी सन् २००६मा तराईका ९ जिल्लामा फैलिइसकेको थियो । त्यसको तीन वर्षपछि काठमाडौंमा सन् २००९मा डेंगी सार्ने लामखुट्टे ‘एडिज एजिप्टी’ को पहिचान भएको थियो । त्यसको एक वर्षपछि काठमाडौंमा सन् २०१०मा पहिलो पटक डेंगीका बिरामी भेटिएको विगत छ । सन् २०१० मा ९ सय १७ जनामा डेंगी देखिँदा, २०१६ मा १५ सय २७ थियो । जबकि २०२२ मा ५० हजारभन्दा बढीलाई डेंगी संक्रमण भएको थियो ।
पहाडी क्षेत्रमा तापक्रम र वर्षामा हुने फेरबदलले डेंगी भेक्टर फैलावटमा प्रत्यक्ष असर पुर्याइरहेको नेपाली वैज्ञानिकहरूको एक अनुसन्धानले देखाएको छ । तराई क्षेत्रमा सापेक्षिक आद्रताको मात्राले डेंगी भेक्टर फैलावटमा असर पुग्ने सो अध्ययनको निष्कर्ष छ ।
विचारबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद
बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय ः प्रधानमन्त्री
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७