TRENDING

कस्तो छ बुधबारको मौसम

काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाको भनाइ छ ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मुख्य समाचारबाट थप समाचार