TRENDING
होमपेज
शेयर बजार ३६ अङ्कले घट्यो


काठमाण्डौ । लगातार दोस्रो दिन आज मङ्गलवार पनि शेयर बजार उच्च अङ्कले घटेको छ । हिजो सोमवार साढे २६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव १९ अङ्कले घटेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा झरेको छ ।
बजार घटेको दिन होटल र पर्यटनबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि किसान लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज बजारसँगै कारोबार रकम पनि घटेको छ । ७७ लाख १६ हजार कित्ता शेयर दुई अर्ब ९१ करोड सात लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १५ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । हिजो चार अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७