TRENDING

साउन २० / २१ मा एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० २१ काठमाडौँमा बस्ने भएको छ । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ ।

पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर सङ्गठनलाई थप विस्तार गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

बैठकले पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना तथा रणनीति तयार गर्ने उनले बताइन् ।

यही साउन १८ र १९ गते बस्ने पोलिट्ब्यूरो बैठकमा पार्टीका सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा गरिने जनाइएको छ । अगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक राजनीतिक गतिविधिसमेत सञ्चालन गर्ने योजना बैठकले तयार गर्ने छ ।