

काठमाण्डौ । गएको आर्थिक वर्षमा नेपालले विभिन्न देशबाट ५६ अर्ब रुपैयाँभन्दा धेरैको खाद्यान्न आयात गरेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०७९/८० मा नेपालले विभिन्न देशबाट ५६ अर्ब ६२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात गरेको छ । धान, चामल, गहुँ, कोदो, मकै, गेडागुडीलगायतका वस्तु खाद्यान्नको सूचीमा पर्दछन् ।
नेपालले एकै वर्ष झन्डै ३७ अर्ब रुपैयाँको धान, चामल, चिउरा र कनिका आयात गरेको छ । ९० प्रतिशतभन्दा धरै धान चामल भारतबाट आउने रहेको छ । इन्डोनेसिया, भियतनाम, चीन, इटली, भुटान, थाइल्यान्डलगायतका देशबाट धान, चामल आयात हुने गरेको छ ।
गएको वर्षमा दुई अर्ब रुपैयाँभन्दा धेरैको माछा मासु भित्रिएको छ । यस्तै दुई अर्ब ५५ करोड रुपैयाँको दुग्धजन्य पदार्थ, ३१ अर्ब ८७ करोड रुपैयाँको तरकारी र २० अर्ब ५६ करोड रुपैयाँको फलफूल आयात भएको छ । यस्तै झन्डै नौ अर्ब रुपैयाँको चिया कफी, झन्डै ८७ अर्ब रुपैयाँको घिउ तेल र पाँच अर्ब रुपैयाँको चिनी भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७