

काठमाण्डौ । फिफा महिला विश्व कप फुटबल २०२३ मा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ ।
मङ्गलवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले हरायो । कोलम्बियाका लागि क्याटालिना उस्मेले खेलको ३० औँ र लिन्डा केसेडाले ३९ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ‘एच’ मा रहेको कोलम्बियाले ३ अङ्क जोडेको छ ।
यस्तै आजै न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा फिलिपिन्सले घरेलु टोली न्युजिल्यान्डलाई १–० गोलले हराएको छ । फिलिपिन्सका लागि सरिना बोल्डेनले खेलको २४ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ‘ए’ मा रहेको फिलिपिन्सले ३ अङ्क जोडेको छ । यस्तै अहिले पौने २ बजे समूह ‘ए’ का स्विट्जरल्यान्ड र नर्वे खेल्दैछन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७