TRENDING
होमपेज
वाग्मती आयोजनाको म्याद ३ वर्ष थप


काठमाडौं । सरकारले अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिको म्याद ३ वर्षका लागि थप गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले वाग्मती विकास समिति तथा वाग्मती विकास आयोजनाको म्याद थप गर्ने निर्णय गरेको हो।
गठन आदेशबाट स्थापना भएको वाग्मती विकास समितिको म्याद यही असार मसान्तबाट सकिँदै थियो। सरकारले म्याद थप नगरेको भए विकास समिति स्वतः विघटन हुने थियो। सरकारले विकास समितिका अध्यक्ष उद्धव तिमल्सिनाको पनि म्याद आगामी कात्तिक २७ गतेसम्म कायम राख्ने निर्णय गरेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा वाग्मती विकास समितिको अध्यक्षमा २०७७ कात्तिक २८ गते तिमल्सिना ३ वर्षका लागि नियुक्त गरिएका थिए। सरकारले म्याद थप नगरेको भए तिमल्सिनाको अवधि सकिने थियो।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७