

काठमाडौं । अमान्डा इलेस्टेडले अन्तिम मिनेटमा गोल गरेपछि स्वीडेनले महिला विश्वकप फुटबलमा आइतबार दक्षिण अफ्रिकामाथि पुनरागमन जित हात पारेको छ ।
एक गोलले पछि परेको स्थिति उल्टाउँदै स्वीडेनले दक्षिण अफ्रिकालाई २–१ ले हरायो ।
२०२२ को अफ्रिकन कफ अफ नेसन्सनको विजेता दक्षिण अफ्रिका विश्वकपमा पहिलो अंक नजिक पुगेको थियो । तर स्वीडेनले अन्तिम समयमा गोल गर्दा अफ्रिका पराजित भयो ।
यसअघि २०१९ मा पहिलो सहभागितामा दक्षिण अफ्रिकाले सबै तीन खेल हारेको थियो ।
न्युजिल्याण्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा हिल्डाह मागाइयाले ४८औं मिनेटमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए । तर ६५औं मिनेटमा फ्रिदा रोल्फोले स्वीडेनका लागि बराबरी गोल फर्काए ।
बराबरीतर्फ अघि बढिरहेको खेलको ९०औं मिनेटमा अमान्डाले गोल गरेपछि स्वीडेनले २(१ ले खेल जित्दै समुह जीमा ३ अंक जोडेको छ । यस समूहमा रहेका अर्जेन्टिना र इटलीबीच सोमबार खेल हुनेछ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७