

काठमाडौ । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन पिएजसी ले फरवार्ड केलियन एमबाप्पेलाई एसियाको प्रि सिजन भ्रमणबाट बाहिर राखेर ‘नैतिक उत्पीडन’ गरेको आरोप लागेको छ। फ्रेञ्च फुटबलर युनियनले कानुनी लडाइँ लड्ने समेत चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ।
पिएसजीका लागि सर्वाधिक गोलकर्ता एमबाप्पेले क्लबसँगको सम्झौता थप गर्न चाहेका छैनन्। पिएसजी र एमबाप्पेबीच सन् २०२४ सम्मका लागि सम्झौता छ।
२४ वर्षीय एमबाप्पेले सम्झौता थप गर्न नचाहेपछि क्लबले यो सिजन नै एमबाप्पेलाई अर्को क्लबमा पठाएर शूल्क उठाउन चाहेको छ। तर एमबाप्पे भने यो सिजन क्लबमा खेलेपछि अर्को सिजन फ्रि ट्रान्सफरमा अर्को क्लबमा जाने योजनामा छन्। त्यसो हुँदा पिएसजीलाई कुनै शूल्क आउने छैन।
सन् २०१७ मा एमबाप्पे अर्को फ्रेञ्च क्लब मोनाकोबाट १६५.७ मिलियन पाउन्डमा पिएसजी आएका थिए। क्लबमा आएपछि प्रभावशाली खेल देखाएका एमबाप्पेसँग अहिले भने क्लबको सम्बन्ध चिसिएको छ। जसका कारण एमबाप्पेलाई जापान र दक्षिण कोरिया जाने पिएसजीको टिम बाहिर राखिएको छ।
उनलाई टिम बाहिर राखेपछि फुटबलरको युनियनले विज्ञप्तिमार्फत खेलाडीलाई दबाब दिनु अनुचित भएको उल्लेख गरेको छ। साथै युनियनले खेलाडीलाई क्लब छाड्न वा क्लबमै बस्न बाध्य पारिनुलाई नैतिक उत्पीडन भएको बताएको छ। यो फ्रेञ्च कानुनविरुद्ध भएको बताउँदै युनियनले क्लबविरुद्ध अदालत जाने समेत चेतावनी दिएको छ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७