TRENDING

प्रहरीको स्कर्टिङमा १ सय ५० वटा फोहोर बोकेका गाडी बन्चरेडाँडामा

नुवाकोट । सुरक्षाकर्मी परिचालन गरेर पाँच दिनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाटै फोहोर बोकेका १ सय ५० वटा गाडीलाई स्कर्टिङ गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले बन्चरेडाँडा पुर्‍याइरहेका छन् ।

टोलीले सुरक्षा दिएर फोहोर फाल्न लागिएको र त्यसको सबै व्यवस्थापन काठमाडौंबाट भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नेपाल प्रहरी र सशस्त्रसहित पौने दुई सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरुले स्कर्टिङ गरेर बन्चरेडाँडा ल्याडफिल्ड साइटमा फोहोर फाल्न लागिएको हो ।

फोहोर र मान्छे छुट्याउनुपर्ने भन्दै ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका स्थानीयले संयुक्तरुपमा ५ दिनदेखि आन्दोलन जारी राखेका छन् । आन्दोलनकारीले उपत्यकाबाट प्रवेश गर्ने फोहोर बोक्ने गाडीलाई बन्चरेडाँडा ल्यान्डफिल साइटमा जान रोक लगाउँदै आएका थिए ।

२०६२र०६३ सालमा केही वर्षका लागि उपत्यकाकाको फोहार ओखरपौवाको सिसडोलमा बिसर्जन गरिएको थियो । त्यहाँ भरिएपछि डेढ किमि तल नयाँ ल्यान्डफिल साइट बन्चरेडाँडामा निर्माण गरेर केही वर्षदेखि फोहोर बिसर्जन हुँदै आएको छ ।

मुख्य समाचारबाट थप समाचार