

काठमाण्डौ । काठमाण्डौ उपत्यकाबाट पाँच दिनदेखि फोहर बोकेका गाडी रोकिएका छन् । यसले गर्दा उपत्यकाका ठाउँठाउँमा फोहरको सङ्कलन पनि रोकिएको छ ।
फोहरका गाडीलाई अवरोध नगर्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा आएको छैन । जनघनत्व र चाप धेरै भएको सहरी क्षेत्रमा फोहर थुप्रिन थालेको छ । असन, न्युरोड, कलङ्कीलगायत मुख्यमुख्य सहरका सडक छेउछाउमा फोहरको डङ्गुर थुप्रिएको छ । यसले दुर्गन्ध फैलिन थालेको छ ।
काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहर बञ्चरेडाँडा लैजान नपाउँदा सङ्कलन पनि रोकिएको बताए। उनका अनुसार काठमाण्डौ महानरभित्र मात्रै दैनिक साढे ६ सय टन फोहर निस्कन्छ । सहमति पछि पनि फोहर बोक्ने गाडीलाई किन अवरोध भइरहेको हो भन्नेबारे आफूहरु अन्योलमा रहेको उनले बताए।
महानगरपालिकाले बञ्चरेडाँडा र सिसडोलका स्थानीयबासिन्दासँग फोहर लैजाने सहमति नहुञ्जेलसम्म फोहर उठाउन नसक्ने जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७