TRENDING

याक र चौँरीमै देखियो लम्पी स्किन

मनाङ । हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा अहिलेसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो । उहाँका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक, नाक झोपा र चौँरी लम्पी स्किनबाट सङ्क्रमित भएका छन् ।

लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएकाले नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छु, प्रमुख कुसुमले भन्नुभयो, लम्पी स्किन नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालले व्यवस्थापन गर्नेछ ।

भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको छ । नार्पाभूमि गाउँपालिकामा बाहेक नासोँ गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । चामे–२ मा रहेको थानचोक, मनाङ ङिस्याङको हुम्देमा रहेको क्युपार र नासों–२ को नाचे आलुबारीका पुशमा पनि सङ्क्रमणको जोखिम देखिएको छ ।

ुसरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ, अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छु, उहाँले भन्नुभयो अब पालिकाले पशुको सहायक उपचारको लागि एन्टिबायोटिक सुई जिट, मेलोक्सीकाम र रेष्टोवल इम्युनोवुष्टर लगायत औषधि खरिद गर्न सक्ने छ।

यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले उल्लेख गर्दै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउन पुग्ने गरेको जानकारी दिनुभयो ।

मुख्य समाचारबाट थप समाचार