

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए लाई नेपालले ३ विकेटले पराजित गरेको छ ।
यूएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको हो ।नेपालका लागि कुशल भुर्तेलले बलिङ तर्फ ६ विकेट र ब्याटिङ तर्फ ७१ रनको आक्रमक पारी सहित अलराउन्ड प्रदर्शन गरेका हुन् ।
ओपनर ब्याटर अर्जुन साउद डक आउट भएपछि तेस्रो क्रममा आएका देव खनालसँग कुशलले आक्रमक अर्धशतक सहित ९७ रनको साझेदारी बनाए । पावर प्लेमा १ विकेट गुमाएर ७३ रन बनाएको नेपाललाई कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए ।
उनी पहाद नवाजको बलमा १२।६ ओभरमा बाउन्ड्री लाइनमा मोहम्मद फराजुद्धिनको हातबाट क्याच आउट भएका हुन् । १३ ओभरमा ९–२ को अवस्थामा रहेको नेपालले १०३ मा देव खनाललाई तेस्रो विकेटको रुपमा गुमायो । देवले ३ बलमा ४ चौका सहित २४ रन बनाउँदै मोहम्मद फराजुद्धिनको बलमा एलबीडब्ल्यु भए । चौथो ब्याटरको रुपमा क्रिजमा आएका सन्दीप जोरा २४ रनमा क्याच आउट भए ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७