TRENDING
होमपेज
२०७८ / २०७९ सालको भुवन चैत्य बसुन्धरा पुरस्कार घोषणा


काठमाडौं । २०७८ / २०७९ सालका लागि भुवन चैत्य बसुन्धरा पुरस्कारको घोषणा भएको छ । नेपाली फिल्मका तीन वरिष्ठ अभिनेत्रीहरुको नामबाट स्थापित यो पुरस्कारको घोषणा मंगलबार विज्ञप्तिमार्फत गरिएको हो ।
जसअनुसार २०७८ सालको हरिश–भुवन चन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरिने भएको छ ।
संगीतकर्मी गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।
अभिनेत्री मिथिला शर्मालाई २०७८ र अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ । २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला संस्कृति, रंगमञ्च, संगीत क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७