

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले ९नागढुंगा सिस्नेखोला० सुरुङमार्गको अनुगमन गरेको छ।
भौतिक पुर्वाधार तथा यातायात राज्य मन्त्री नन्दा चपाइ, प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद पाण्डे, पुर्वमन्त्री गंगालाल तुलाधर, सडक बिभाग र विश्व बैंकका उच्च अधिकारीहरुको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गभित्रै छिरेर निरीक्षण गरेका हुन् ।
निरीक्षणको क्रममा मन्त्री ज्वालाले थपिएको समयसिमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने बताए । अनुगमनमा धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र उपमेयर सुरज उप्रेती पनि सहभागी थिए ।
मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन्। सुरुङमार्गको मुख्य टनेल करिव ४ सय मिटर र रेस्क्यु टनेल करिव ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए ।
अबको केहिमहिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ। आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र रूपमा अघि बढाइएको उनले बताए ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७