TRENDING

हेटौंडामा गेष्ट हाउस सञ्चालकसहित ७ जना युवती पक्राउ

हेटौंडा । मकवानपुरको एक होटलमा प्रहरीले गयराती छापा मारेको छ । प्रहरीले हेटौंडा–१० बसपार्क टीसीएनमा रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट होटल सञ्चालसहित ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गेष्ट हाउस सञलक हेटौंडा – २ बस्ने ४१ वर्षीय विक्रम श्रेष्ठ र ७ जना युवती रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्ने युवतीहरुमा हेटौंडा –१ चाईना क्वाटर २६ वर्षीया प्रमिला लामा, हेटौंडा–११ थानाभर्याङ बस्ने २२ वर्षीया पुजा लामा, भीमफेदी–२ की २३ वर्षीया ममता लामा, सुनसरी ईटहरी नगरपालिका –१० बस्ने २१ वर्षीया विनिता राई, धरान उपमहानगर–१० बस्ने २० वर्षीया सुवर्ण राई, चितवन भरतपुर महानगर–११ बस्ने २१ वर्षीया आशु दराई र ईलाम माई नगरपालिका –८ बस्ने २६ वर्षीया मन्जिला शेर्पा रहेकी छन् ।

गेष्ट हाउसमा हो–हल्ला भएपछि त्यहाँका स्थानीयले प्रहरी बोलाएर घटनाका बारेमा जानकारी गराएपछि प्रहरीले गेष्ट हाउसमा पुगेर सञ्चालक श्रेष्ठ र ७ जना युवतीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी कार्कीले बताए ।

मुख्य समाचारबाट थप समाचार