

काठमाडौ । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।
समूहको दोस्रो खेलमा भारतको ए टिमसँग सोमबार ९ विकेटले पराजित भएसँग नेपाल अन्तिम खेलअघि नै बाहिरिएको हो।
नेपालले दिएको १६८ रनको लक्ष्य भारतले १ विकेटको क्षतिमा २२।१ ओभरमा पूरा गर्यो।
भारतका लागि साइ सुदर्शनले नटआउट ५८ रन र ध्रुव जुरेलले नटआउट २१ रन जोडे। यस्तै रोहित पौडेलको बलमा आउट हुनुअघि अभिषेक शर्माले ८७ रन जोडे। उनले ६९ बलमा १२ चौका र २ छक्का हिर्काए।
त्यसअघि कोलम्बोमा प्रेमदसा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९।२ ओभरमा १६७ रनमा अलआउट भयो।
खराब सुरुवात गरे पनि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। रोहितले निशान्त सिन्धुको बलमा क्याचआउट हुनुअघि ६५ रन जोडे। उनले ८५ बलमा ७ चौका हिर्काए।
१० ओभरमा ३७ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि रोहितले सोमपाल कामीसँग छैटौं विकेटका लागि ५३ रन र गुल्सन झासँग सातौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए।
सोमपाल १४ रनमा आउट भएका थिए। गुल्सनले महत्वपूर्ण योगदान दिने क्रममा ३० बलमा समान २(२ चौका र छक्का प्रहार गर्दै ३८ रन जोडे।
ओपनर कुशल भुर्तेल शून्यमा आउट भए। उनलाई दोस्रो बलमा भारतका हर्षित रानाले एलबिडब्लूको धरापमा पारे। यस्तै अर्का ओपनर आसिफ ७ रनमा राजवर्धनको बलमा विकेट पछाडि समातिए।
देव खनाल १५ रन बनाएर खेलिरहदा राजवर्धनकै बलमा रियान परागबाट समातिए। भीम सार्की हर्षित रानाबाट ८।५ ओभरमा ४ रनमा बोल्ड भए। कुशल मल्ल शून्यमा राजवर्धनको बलमा अभिषेक शर्माबाट समातिए। पवन सर्राफले ६ रन जोड्न सके।
बलिङमा भारतका निशान्त सिन्धुले ४ विकेट लिए। उनले ३.२ ओभरमा १४ रन दिए। राजवर्धनले ३ विकेट लिए भने हर्षित रानाले २ विकेट हात पारे।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो। पाकिस्तानले आज भएको दोस्रो खेलमा युएईलाई पराजित गर्यो।
लगातार दुई खेलमा जित हात पारेसँगै भारत र पाकिस्तान सेमिफाइनलमा पुग्दा नेपाल र युएई बाहिरिएका छन्।
अब नेपालले प्रतियोगिताको अन्तिम खेलमा युएईको ‘ए’ टिमसँग साउन ३ गते खेल्नेछ।
नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन्।
एसियाली क्रिकेट काउन्सिल ९एसिसी० ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ।
एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुने तय छ। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७