TRENDING

भोलिदेखि देशभर कम पानी पर्ने पूर्वानुमान

काठमाडौं । आज देशभर सक्रिय भएको मनसुन भोलिदेखि क्रमिक रुपमा निष्कृय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनसम्म तराई क्षेत्रमा कम र पहाडी क्षेत्रमा हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ ।

हिजो नेपालमा चीनको तिब्बत क्षेत्रमा बादल नेपाल प्रवेश गरेको देखिएको थियो । हिजो रातिदेखि नै बागमती र गण्डकीका एक(दुई स्थानहरुमा भारी वर्षासमेत भएको छ ।

सोमबार राति सिन्धुपाल्चोक र कास्की जिल्लामा भारी वर्षा भएको मौसमविद बिनु महर्जनले जानकारी दिइन् । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, कास्की, पर्वततिर बाढी पहिरोको जोखिम हुन सक्ने चेतावनीसहितको सूचना गएराति नै सार्वजनिक गरेको थियो ।

आज बिहान पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कणरली प्रदेशमा हल्का वर्षा भइरहेको छ ।

अहिले सुदूरपश्चिम र कर्णालीको सीमा क्षेत्र कालिकोट र आसपासका जिल्लामा हल्का वर्षा भइरहेको मौसमविद बिनु महर्जनले जानकारी दिइन् । आज सुदूरपश्चिम र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मुख्य समाचारबाट थप समाचार