

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०र८१ बाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर भ्याट कार्यान्वयनमा ल्याएको छ । १५ जेठमा आएको आर्थिक विधेयकले हवाई सेवामा भ्याट लगाएपछि त्यसको ३० दिन अर्थात् १२ असारभित्र कम्पनीहरु भ्याटमा दर्ता भइसक्नुपर्ने थियो ।
तर, हवाई सेवामा भ्याट नयाँ भएको र दर्ता प्रक्रियामा अलमल भएकाले १ साउनबाट यस क्षेत्रमा भ्याट अनिवार्य भएको आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।
त्यसअनुसार १ साउनबाट टिकट काट्दा अनिवार्य भ्याट तिर्नुपर्ने तर त्यसअघि काटिएका टिकटमा भने भ्याट नलाग्ने मैनालीले जानकारी दिए ।
मूल्य अभिवृद्धि कर लागु हुनुभन्दा पहिला काटिएको हवाई टिकटमा लागू भएपछि यात्रा गर्दा पनि भ्याट असुल गरिने छैन । यद्यपि यस्तो यात्राको विवरण भने वायुसेवा कम्पनीहरुले आन्तरिक राजस्व विभाग मातहतका कर कार्यालयमा गराउनु पर्ने भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७