

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ ।
ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।
यसैबीच निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतबाट १५र१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७