

काठमाण्डौ । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म आजदेखि रेल चल्ने भएको छ ।
बिहान १० बजे महोत्तरीको भङ्गहा स्टेशनमा रेल सेवाको उद्घाटन गर्ने तयारी छ । यसअघि गएको २०७८ साल चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालन हुँदै आएको थियो । यो सेवालाई विस्तार गर्दै आजदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको हो।
जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग बनेसँगै बिजलपुरासम्म रेल सञ्चालन हुन लागेको हो । निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेलवे ट्रयाक गएको जेठ १८ गते भारतीय रेलवे कम्पनी इरकन इन्टरनेशनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झालाई हस्तान्तरण गर्नुभएको थियो । अहिलेलाई कुर्थाबाट बिजलपुरासम्म दिनमा एकपटक सेवा दिइने झाले बताउनुभयो ।
कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेलवे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ । यही का
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७