TRENDING

मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने सहमति

काठमाडौँ ।  प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आइतबार नै पारित हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएको हो ।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीका अनुसार मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो ।