

काठमाडौं । नेपाल भलिबल संघले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही गरेको छ ।
सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका धनबहादुर भट्टलगायतका खेलाडीले दर्शक कुटेका थिए ।
दर्शकमाथि हातपात तथा खेलका क्रममा अनुशासनहीन गतिविधि गरेको भन्दै संघले क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेको छानबिन समितिका संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।
छानबिनका लागि गठन गरिएको ५ सदस्यीय समितिको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले कारबाहीकव् निर्णय गरेको संघका महासचिवसमेत रहेका श्रेष्ठले जानकारी दिए ।
आर्मीकै ब्लकर रहेका दुर्गा खड्कालाई भने आगामी दिनमा यस्तो कार्य नदोहोर्याउने गरी चेतावनी दिएर छोडिएको श्रेष्ठले जानकारी दिए । दुर्गाले प्रतियोगितामा उत्कृष्ट ब्लकरको उपाधि पनि जितेका थिए ।
आर्मीका कप्तानसमेत रहेका हरिहजुर थपालाई राष्ट्रिय टिमको कप्तानबाटसमेत बर्खास्त गरिएको छ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७