

महिलामा महिनावारीको बेला बग्ने रगतको रंग फरक(फरक हुन सक्छ । गाढा रातो र म्युकस मिसिएको रगत यसबेला आउने गर्छ । तर कुनै–कुनै बेला गाढा रातो अर्थात् कालो रंगको रगत पनि बग्ने गर्छ ।
यस्तो कालो रंगको रगत बग्नु समान्य हो कि असमान्य
महिनावारीको बेला रगतको रंगभन्दा पनि महिलावारी चक्र नियमित छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । यदि नियमित रुपमा महिनावारी भएको छ भने त्यसलाई सामान्य मानिन्छ । जुन २८ दिनदेखि ३५ दिनभित्र हुन्छ ।
किन बग्छ कालो रगत
खैरो वा कालो रंगको रगत देखिनु भनेको एकदमै पुरानो रगत गर्भाशयमा जम्मा भएको भन्ने बुझिन्छ । सामान्य भाषामा पाठेघरमा जमेर बसेको रगत बाहिर निस्किने रगत बाक्लो रातो वा कालो रंगको हुन्छ । यस्तै पाठेघरको पत्र पातलो भएमा, पोषणयुक्त खानाको कमी भएमा पनि यस्तो रगत निस्किन्छ । कतिपय अवस्थामा वंशाणुगत कारणले पनि यस्तो हुन्छ । जसलाई सामान्य मानिन्छ ।
तर यदि महिनावारी गडबड छ वा यस्तो रगत बारम्बार रगत देखा पर्छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।
शरीरमा भएको हार्मोनमा आउने परिवर्तनको कारण महिनावारी हुन्छ । त्यस्तै महिनावारी हुनु भनेको एउटी महिला गर्भवती हुन तयार छ भन्ने संकेत पनि हो । योबेला पाठेघरभित्र भएका रगत बाहिर निकाल्ने प्राकृतिक नियमित प्रक्रिया हो ।
यसबेला रगतमा अरु पदार्थ पनि मिसिन्छ
महिनावारीको बेला निस्कने रगत शुद्ध रगत मात्रै हुँदैन । यसमा पाठेघरमा भएको म्युकस, एन्डोमेट्रिजम सेल पाठेघरको भित्री पत्र रगतमा मिसिएको हुन्छ ।
महिनावारीको बेला कति दिन रगत बग्नु सामान्य हो
सामान्यतः महिनावारीमा तीनदेखि पाँच दिनसम्म रगत बग्ने गर्छ । कसैकसैलाई सात दिनसम्म रगत बग्न सक्छ, जुन सामान्य हो । साथै दैनिक ८० एमएल रगत बग्नु सामान्य हो । तर यो भन्दा बढी रगत बग्छ भने त्यसलाई असामान्य मानिन्छ ।
कहिलेकाहीं हार्मोनहरुको असन्तुलन हुँदा, पाठेघरको ट्युमर, पाठेघरमा संक्रमण भएमा धेरै(थोरै गरेर रगत बग्ने समस्या पनि हुन सक्छ ।
महिनावरी नभएको बेला सेतो वा सिंगान जस्तो पदार्थ बग्नुको कारण
सेतो वा सिंगान जस्तो पदार्थलाई मेडिकल भाषामा वाइट डिस्चार्ज भनिन्छ । जुन सामान्य र असामान्य दुई प्रकारको हुन्छ । सामान्य डिस्चार्ज योनांग गन्हाउने वा चिलाउने हुँदैन । तर असामान्य डिस्चार्ज गन्हाउने र योनांग चिलाउने हुन्छ । असामान्य डिस्चार्ज गाढा सेतो, हरियो, पहेंलो र खैरो रंगको हुन्छ । साथै डिस्चार्जमा रगत मिसिएमा वा चिलाउने भएमा चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।
योनांगबाट निस्कने डिस्चार्ज महिनावारी हुने बेला पातलो हुन्छ भने महिलावारी हुनुभन्दा १४ दिनअघि बाक्लो हुन्छ ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७