

काठमाडौँ । काम र आरामपछि मानिसहरूले के खोज्लान् रु दुई मत छैन, मनोरञ्जन । तर हरेक मानिसले मनोरञ्जन लिने तौरतरिका भने उनीहरूको स्वभावअनुसार फरक–फरक हुन्छ ।
धनीदेखि गरिब अनि गाउँदेखि सहर मनोरञ्जन गर्ने स्थान पनि अलग–अलग सहरी क्षेत्रमा भने पछिल्लो समय मनोरञ्जनका लागि प्रमुख गन्तव्य बनेको छ, नाइटलाइफ । पब, डिस्को, डान्स, दोहोरी साँझ र नाइट क्लबमा संगीतमा झुम्ने र विभिन्न ड्रिङ्सको चुस्कीमा रमाउनेको संख्या ह्वात्तै बढेको छ । अझ तन्नेरी पुस्तामाझ त यो कल्चरकै रूपमा विकसित हुँदै गइरहेको छ ।
यही रात्रिकालीन जीवनमा रमाउनेहरूका लागि पछिल्लो समय आकर्षक गन्तव्य बनेको छ, ठमेलको शेर भवनमा रहेको ‘गाँस बास को’ । र, सञ्चालक हुन् सुप्रिया कुँवर । खासमा गाँस बास को ‘थ्री इन वान’ हो । अर्थात् क्लब सपर, रेस्टुराँ र होटल । ‘ठमेलमा जता गए पनि रात्रिकालीन व्यवसाय उस्तै उस्तै लाग्ने,’ उनी भन्छिन्, ‘त्यसैले नाइटलाइफमै केही फरक गरौं भने सोचले जन्मिएको हो– गाँस बास को ।’
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७