TRENDING
होमपेज
न्यू डायमन्ड पुलिससँग पराजित भएपछि महिला भलिबलमा एपीएफ फाइनलमा


काठमाडौं । सातौं प्रधानमन्त्री एनभीए महिल तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लिग चरणको अन्तिम खेलमा न्यू डायमन्ड क्लब नेपाल पुलिससँग सोझो सेटमा पराजित हुँदा अंक तालिकामा दोस्रो हुँदै एपीएफ क्लब फाइनल प्रवेश गरेको छ ।
न्यू डायमन्ड पुलिससँग २५–२०, २५–१४ र २५–१७ को सोझो सेटमा पराजित भएको हो । यो नतिजासँगै दुई विभागीय टिमको फाइनलमा भेट भएको हो ।
पहिलो सेट केहि प्रतिस्पर्धात्मक भए पनि दोस्रो र तेस्रो सेटमा पुलिस खेलमा हाबी हुँदै खेल सोझो सेटमा सकेको हो ।
यसअघि नै फाइनलमा पुगिसकेको पुलिस भने लिग चरणमा अविजित रह्यो । पुलिस ५ खेलमा १५ अंक सहित शीर्षमा रहेको छ ।
एपीएफ समान ५ खेलमा ४ जितर १ हारसहित ११ अंकको साथमा फाइनल पुगेको हो । न्यू डायमन्ड भने ५ खेलमा ३ जित र २ हारसहित ८ अंकको साथमा समूह चरणमा नै सिमित बनेको हो ।
खेलकुदबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७