

काठमाडौं । यो साता सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सातामा १२ सय र चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेको छ ।
साताको अन्तिम दिन आज छापावल सुनको मूल्य तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको छ । आइतबार छापावल सुनको मूल्य एक लाख ११ हजार ३ सय रुपैयाँ मात्रै थियो ।
शुक्रबार छापावल सुनको मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय रुपैयाँको बृद्धि हो । यस्तै,चाँदीको मूल्य आज १४ सय ८० रुपैयाँ तोकिएको छ । गत आइतबार चाँदी १३ सय ९५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बृद्धि भएको हो । हिजो १४ सय ४० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो । सातभर तेजावी सुनको मूल्य भने एक लाख १० हजार ७५० रुपैयाँबाट बढेर एक लाख ११ हजार ९५० रुपैयाँमा पुग्यो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७