

नयाँदिल्ली । भारतमा भारी वर्षाका कारण उत्तरी राज्य प्रभावित भएका छन् । हालसम्म वर्षाका कारण आएको बाढीपहिरोलगायत विपत्तिमा परी १ सय जनाभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सडक, पुलपुलेसा, घरहरू भत्किएका छन् । धेरै क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । वर्षाकै कारण विद्यालय तथा कलेजहरू बन्द भएका छन् ।
वर्षाका कारण हिमाचल, उत्तर प्रदेशसँगै राजधानीसमेत रहेको नयाँदिल्लीमा असर पुगेको छ । हिमाचल प्रदेश सरकारका अनुसार उक्त राज्यमा करिब ८८ जनाको मत्यु भएको छ, जसमध्ये ४२ जनाको पछिल्लो ५ दिनमा ज्यान गएको हो । बाढीमा परी यातायातका साधनदेखि घरसम्म बगेको राज्य सरकारको भनाइ छ ।
यस्तै, उत्तर प्रदेशमा वर्षाजन्य विपत्तिमा परी १२ जनाको मृत्यु भएको प्रदेश सरकारका प्रवक्ता शिशिर सिंहले बताए । मृत्यु भएकामध्ये ९ जनाको डुबेर ज्यान गएको थियो । राजधानी नयाँदिल्लीमा पनि १ जनाको मृत्यु भएको छ भने कश्मीरमा ४ जनाको बाढीपहिरोमा परी निधन भएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७