TRENDING
होमपेज
काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दासढुंगामा दुर्घटना, १९ जना घाइते


चितवन । कांकडभिट्टाबाट काठमाण्डौतर्फ गईरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित हुँदा भरतपुर–२९ दासढुंगामा पल्टिएको छ ।
आज बिहान करिब ५ः२० बजेको समयमा उक्त बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । बस रुखमा अड्कदा बसमा सवार चालक सहित ४० जना मध्ये १९ जना घाईते भएको पण्डितले बताए ।
घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको उद्धारमा चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्की नै फिल्डमा खटिएका छन् ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७