

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नवीकरण नगरेका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ । विश्वविद्यालयले १ हजार ६० निजी तथा सामुदायिक क्याम्पसलाई सम्बन्धन दिएको थियो । तीमध्ये दुई पटक सूचना प्रकाशित गर्दा पनि नवीकरण प्रक्रियामा नआएका क्याम्पसको सूची सार्वजनिक गरिएको छ ।
१ सय ५० मध्ये सामुदायिक र निजी क्याम्पसको संख्या लगभग बराबर रहेको उपकुलपति कार्यालयको योजना निर्देशनालयले जनाएको छ । त्रिविमा ६४ आंगिक क्याम्पस पनि सञ्चालनमा रहेका छन् ।
स्रो जनआन्दोलनयता विश्वविद्यालयले मनोमानी सम्बन्धन बाँडेको थियो । पछिल्ला वर्षहरुमा ती क्याम्पस विद्यार्थी अभावमा संकटमा रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । त्रिविसहित अन्य विश्वविद्यालयका करिब साढे ५ सयवटा क्याम्पसमा १ सयभन्दा कम विद्यार्थी अध्ययरत छन् । त्रिविले क्याम्पस समायोजनको नीतिसमेत अघि सारेको छ ।
योजना निर्देशनालयका निर्देशक ध्रुवकुमार गौतमले ८ सय ८२ क्याम्पस नवीकरण प्रक्रियामा आइसकेको जनाए । त्रिविले २०७९ पुस र चैतमा क्याम्पस नवीकरण गर्न सूचित गरेको थियो । गोरखापत्रमा प्रकाशित सूचनामा नवीकरण नगरे सम्बन्धन खारेज किन नगर्ने भनेर सोधिएको छ । तीन पटक सूचना जारी गर्दा पनि नवीकरणमा नआउने क्याम्पसलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।
‘कुनै क्याम्पस नवीकरण प्रक्रियामा भए प्रमाणसहित सर्म्पकमा आउनु पर्छ,’ उनले भने । क्याम्पसहरु डिन कार्यालयमार्फत नवीकरण हुने व्यवस्था छ । ९ वटा डिन कार्यालय रहेका छन् । नवीकरण नहुनेहरुको सूची विश्वविद्यालयको वेबसाइटमा राखिएको छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७