

काठमाडौं । आगामी शुक्रबार हलमा चार फिल्म रिलिज हुँदैछन् । नेपाली फिल्म ‘बगान’ र हलिउड फिल्म ‘मिसन इम्पोसिबल ७’ त भइहाले । रिलिजको सूचीमा दुई अन्य फिल्म पनि थपिएका छन् । जसमा अंग्रेजी फिल्म ‘रेसिडेन्ट एभिल स् डेथ आइल्याण्ड’ र यसअघि रिलिज भइसकेको दयाहाङ राई स्टारर ‘बिहेपास’ ।
एकैसाथ चार फिल्म रिलिज हुँदा दर्शक बाँडिन्छन् । के यी फिल्मले सुख्खा देखिएको बक्स अफिसलाई चलायमान बनाउन योगदान गर्लान् भन्ने चासो सबैतिर छ । यस्तोमा गत वैशाख १ गते प्रदर्शनमा आएको दयाहाङ र प्रकृति श्रेष्ठको ‘बिहेपास’लाई प्रदर्शन गर्ने निर्णय मल्टिप्लेक्सले गरेका छन् ।
क्यूएफएक्ससहितका मल्टिप्लेक्सले बिहेपासलाई प्रदर्शन तयारीमा रहेको भन्दै वेबसाइटमा मंगलबार प्रकाशित गरेका छन् । वितरक रोहित कट्टेलले यतिबेला हलमा नयाँ नेपाली फिल्म पनि नभएकाले हल सञ्चालककै आग्रहमा फिल्मलाई पुनः प्रदर्शन गर्न लागिएको जनाए । यसअघि वैशाख १ मा दयाहाङकै अर्को फिल्म ‘जारी’सँग जुध्दा यसले राम्रो कमाइ गर्न सकेको थिएन ।
गत साता चितवन पर्सास्थित एक हलमा फिल्म देखाउँदा दुई सातासम्म दर्शकको उपस्थिति राम्रो देखिएकाले पुनः प्रदर्शन गर्न लागिएको वितरकले जनाएका छन् । अघिल्लो रिलिजमा हेर्न छुटेका दर्शकलाई लक्षित गरी पुनः प्रदर्शन गर्न लागिएको उल्लेख छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७