

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दुई महिनामा भएका हिंसामा १ सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा १ सय ४२ जनाको ज्यान गएको उल्लेख छ ।
गत मेदेखि राज्यमा आगजनीका ५ हजार घटना भएका तथा इम्फाल पूर्व र इम्फाल पश्चिमका जिल्लामा सबैभन्दा धेरैले ज्यान गुमाएका उल्लेख गरिएको छ । राज्यमा शान्ति सुव्यवस्था कायम गर्न तथा स्थितिलाई नियन्त्रणमा राख्न ५ हजार ९ सय ९५ फस्ट इन्फर्मेसन रिपोर्ट एफआईआर दायर गरिएको र ६ हजार ७ सय ४५ जनालाई हिरासतमा लिइएको मुख्य सचिवले प्रतिवेदनमा उल्लेख गरेका छन् । स्थानीय सरकारले पनि राज्यमा शान्ति कायम गर्न अर्धसैनिक बलका १ सय २४ कम्पनी र भारतीय सेनाको १ सय २४ टोली परिचालन गरिएको जनाइएको छ । उत्तरपूर्वी राज्य मणिपुरमा मे ३ तारिखदेखि जारी जातीय दंगमा ती हजारभन्दा बढी घाइते भएका छन् भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् । भीडले तोडफोड र आगजनी गर्ने
क्रममा राज्यमा सयौं घर र पसल जलाएका छन् भने राज्यका अधिकांश भागमा निषेधाज्ञा जारी गरिएको छ । इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ । मणिपुरमा शान्ति पुनःस्थापनाका लागि संघीय सरकारले हालसम्म गरेका प्रयासहरूले अपेक्षित परिणाम ल्याउन सकेको छैन । उक्त राज्यमा सोमबार भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गैरआदिवासी मैतेई समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गर्ने निर्णयको विरोधमा हिंसा भड्किएको हो ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७