

काठमाडौँ । काठमाडौं महानगरपालिकाले थप सय जना नगर प्रहरी भर्ना गर्ने भएको छ । प्रहरीले धेरै कामहरू गर्नुपरेको र हाल रहेको जनशक्ति अपुग भएको भन्दै थप जवान भर्ना सुरु गरेको हो ।
कामपाले यसअघि नेपाल प्रहरी र सशस्त्रका जवानमा भर्नाको नतिजामा वैकल्पिक सूचीमा रहेकाहरूलाई राख्ने उद्देश्यले सूचना गरेको थियो । त्यसमा ३५ जना मात्रै भर्ना भएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । ‘त्यो भर्नाले संख्या पुगेन, नेपाली सेनाको सिपाहीका वैकल्पिक सूचीमा रहेकाहरूलाई भर्ना लिन थालेका छौं,’ उनले भने ।
पाण्डेका अनुसार नगर प्रहरी बलमा जवान, हबलदार, असई, सई, इन्स्पेक्टर, डीएसपी र एसपी गरेर स्थायी सेवाअन्तर्गतका १ सय ६५ सहित हाल ३ सय १६ जना कार्यरत छन् । काठमाडौंको महानगर प्रहरी कार्यालय भवन सुरक्षा, वातावरण विभाग, हनुमानढोका दरबार क्षेत्र, ट्राफिक तथा पार्किङ व्यवस्थापन, दमकल सेवा, पीएसओ, आन्तरिक प्रशासन, सडक पेटी व्यवस्थापन, मुद्दा तथा मेलमिलापलगायतका क्षेत्रमा प्रयोग भएका छन् । धेरै क्षेत्रमा खटाउदा संख्या अपुग भएको हो ।
यसैबीच फुटपाथ व्यवसायीलाई अभद्र र अमानवीय व्यवहार गर्ने ७ जना नगर प्रहरी काठमाडौं महानगरले करारमा पठाउने कम्पनीलाई फिर्ता गरेको छ । गत मंसिरयता खराब आचारण देखाएर फुटपाथ व्यवसायीसँग प्रस्तुत भएका उनीहरूलाई फिर्ता पठाइएको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । काठमाडौं महानगरपालिकामा हाल करारका १ सय १७ सहित ३ सय १६ जना नगर प्रहरी छन् । करारमा लिइएकाहरू युनिक सेक्युरिटिजमार्फत महानगर भर्ना भएका हुन् । ‘७ जनालाई कारबाहीमार्फत फिर्ता पठाइएको छ । उनीहरूको ठाउँमा कम्पनीले नयाँ मान्छे पठाउँछ,’ पाण्डेले भने ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७