

काठमाडौ । मुसलधारे वर्षापछि आएको बाढी पहिरोका कारण भारतमा २९ जनाको ज्यान गएको छ । हिमाञ्चलमा ९, उत्तरप्रदेशमा ६, उत्तरखण्डमा पाँच, जम्मु कश्मीरमा चार, पञ्जाबमा दुई तथा दिल्ली र लद्दाखमा एकरएक जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यी ठाउँमा मुसलधारे वर्षा भइरहेकाले विद्यालय तथा कलेज बन्द गरिएको छ । यस्तै, बढी प्रभावित क्षेत्रमा रेलवे सेवा पनि बन्द भएका छन् भने केही ठाउँमा रेल गुड्ने मार्ग परिवर्तन गरिएको छ । हिमाञ्चलको मन्डी जिल्लामा तीन वटा पुल बाढीले बगाएको छ ।
यस्तै, मनालीमा सात घरमा क्षति भएको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन परिचालन केन्द्रका अनुसार झण्डै ३६ घण्टामा १४ ठाउँमा पहिरो गएको छ भने १३ ठाउँमा बाढी आएको छ । सात सयभन्दा धेरै सडक बन्द छन् ।
यस्तै, दिल्लीमा ४१ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५३ मिलिमिटर वर्षा भएको छ । यसअघि सन् १९८२ मा त्यहाँ ठूलो वर्षा भएको खबरमा उल्लेख छ । यस्तै, चण्ढीगढमा ७० वर्षयताकै ठूलो वर्षा भएको छ । त्यहाँ २४ घण्टामा ३ सय ६५ दशमलव ४ मिलिमिटर पानी परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७