

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा प्रतिनिधिसभाको आइतबार १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । सभामुख देवराज घिमिरेसँग टेलिफोन संवादमा प्रधानमन्त्री दाहालले बैठक सार्न आग्रह गरेका हुन् ।
सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार शीर्ष नेताहरूबीच छलफल भइरहेको भन्दै बैठक सार्न अनुरोध सभामुखलाई गरिएको बताए ।
प्रधानमन्त्रीको अनुरोधमा सभामुखले एक बजेका लागि तय गरेको बैठक दुई घन्टा पछि सारेको छ । टेलिफोन संवादमा सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना समेत दियो,अधिकारीले भने ।
प्रधानमन्त्री दाहालको असार १८ को अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसद्का दुवै सदनमा अवरोध गरिरहेको छ । नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको हो । प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले जवाफमा मागेका छन् ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७