TRENDING
होमपेज
डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु


डोटी । डोटीमा घरभित्र च्यापिएर एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ज्यान गुमाउनेमा दिपायल सिलगढी नगरपालिका–५ गैरा बस्ने शंकर मलासीकी श्रीमती ३० वर्षीया गंगा मलासी रहेकी छन् ।
आज बिहान करिब ३ बजेको समयमा एक तले घरको बल्लीहरु भाँचिएर घर भत्किँदा मलासीको च्यापिएर ज्यान गएको हो । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको कमाण्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा बिहान करिब पाँच बजे मलासीलाई मृत अवस्थामा फेला पारेको थियो ।
घटनाको विस्तृत अनुसन्धानका लागि अहिले प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७